हुन्डाईको नयाँ वर्ष स्किम : नगद छुट देखि निःशुल्क बीमा सम्म

हुन्डाईको नयाँ वर्ष स्किम : नगद छुट देखि निःशुल्क बीमा सम्म

काठमाडौं : हुन्डाई अटोमोबाईल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै विशेष योजनाहरू ल्याएको छ।

यो योजना पुष १६ गतेदेखि देखि नेपालभरिका सबै शोरूममा सुरू भएको जनाइएको छ।

योजना अन्तर्गत ग्राहकहरूले ५ लाख सम्मको छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरूप ५० हजार सम्मको गो-ग्रीन बोनस, गाडीको मोडल इएरको आधारमा ५ लाख सम्मको छुट प्राप्त गर्न सक्ने छन्।

योजनामा गाडी खरिद गर्दा १ वर्ष सम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

सबै हुन्डाई आईसीई गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको निःशुल्क सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ बर्ष र मोटरमा २ बर्ष वारेन्टी उपलब्ध हुनेछन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरूम, १९ सर्भिस सेन्टर र ४३ भन्दा बढी चारजिङ प्वाइन्टहरू मार्फत सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्छ।

पुष १७, २०८० मंगलबार १४:१२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।