गाजामा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो, ५६ हजार बढी घाइते

गाजामा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो, ५६ हजार बढी घाइते

एजेन्सी : इजरायली आक्रमणबाट गाजापट्टीमा २१ हजार ८२२ प्यालेस्टाइनीको मृत्यु भएको छ।

इजरायलको हमलाबाट ५६ हजार ४५१ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५० जनाको ज्यान लिनुका साथै २८६ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले बताए।

यसैबीच, पूर्वएन्डोमेन्ट्स र धार्मिक मामिलामन्त्री र अल–अक्सा मस्जिदका प्रचारक युसेफ सलामा मध्यगाजापट्टीको अल–मगाजी शरणार्थी शिविरमा रहेको उनको घरमा इजरायली हवाई हमलामा मारिएको बताइएको छ।

पुष १७, २०८० मंगलबार १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।