सुनको मूल्य पाँच सयले बढ्यो

सुनको मूल्य पाँच सयले बढ्यो

काठमाडौं : साताको चौथो तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

सोमबारको तुलनामा मंगलबार सुनमा तोलाको पाँच सय रुपैयाँ र चाँदीमा पाँच रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २१ हजा रुपैयाँ कायम भएको छ।

तेवाबी सुनको मूल्य मंगलबार १ लाख २० हजार ४ सय रुपैयाँ तोकिँदा चाँदीको मूल्य तोलाको १ हजार ४५० रुपैयाँ पुगेको छ।

पुस महिनामा सुनको मूल्य १ लाख २२ हजार रुपैयाँ प्रतितोलासम्म पुगेको छ।

पुष १७, २०८० मंगलबार ११:१८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।