अमेरिकी नौसेनाको आक्रमणमा १० हुथी लडाकुको मृत्यु

अमेरिकी नौसेनाको आक्रमणमा १० हुथी लडाकुको मृत्यु

एजेन्सी : अमेरिकी नौसेनाको आक्रमणमा यमनको हुथी समूहका १० लडाकु मारिएका छन्।

अन्तर्राष्ट्रिय जलक्षेत्रमा एक व्यावसायिक जहाजमा रहेका लडाकुलाई रेड सागरमा अमेरिकी नौसेनाले मारेको उनीहरूको दाबी छ।

हुथी सेनाका प्रवक्ता याह्या सारियाले एक बयानमा अमेरिकी सेनाले हुथी विद्रोहीसँग सम्बन्धित तीनवटा डुङ्गामा आक्रमण गरेको दाबी गरे।

प्रवक्ता सारियाले अमेरिकाले यसको नतिजा भोग्ने चेतावानी दिए।

पुष १७, २०८० मंगलबार १०:२९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।