दक्षिण कोरियाली विपक्षी नेतामाथि पत्रकार सम्मेलनमै चक्कु प्रहार

दक्षिण कोरियाली विपक्षी नेतामाथि पत्रकार सम्मेलनमै चक्कु प्रहार

एजेन्सी : दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार भएको छ।

२०२२ को राष्ट्रपति चुनावमा पराजित भएका विपक्षी नेता ली जे-म्युङमाथि बुसानमा मंगलबार चक्कु प्रहार भएको योनहाप समाचार एजेन्सीले जनाएको छ।

आक्रमणकारीले लीको घाँटीको देब्रे भागमा चक्कु प्रहार गरेका थिए। आक्रमणकारी पक्राउ परेका छन्।

आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो। रिपोर्टका अनुसार अस्पताल पुर्याउँदासम्म उनी होसमा थिए।

त्यसपछि उनको अवस्थाबारे अस्पतालले कुनै जानकारी दिएको छैन।

ली हाल दक्षिण कोरियाको संसदको सदस्य छैनन्। उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने चर्चा छ।

५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन्।

उनले २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतान्तरले उनी पराजित भएका थिए।

दक्षिण कोरियाको इतिहासमै पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो।

पुष १७, २०८० मंगलबार ०९:३४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।