जापानमा भूकम्पबाट अहिलेसम्म छ जनाको मृत्यु

एजेन्सी : जापानमा सोमबार आएको भूकम्पका कारण अहिलेसम्म ६ जनाको मृत्यु भएको छ।
यी सबैको मृत्यु इशिवाकामा भएको हो। यो ठाउँलाई भूकम्पको केन्द्रबिन्दु पनि भनिएको छ।
भूकम्पपछि जापानमा उद्धार कार्य जारी रहेको छ भने फसेका मानिसको उद्धारको प्रयास भइरहेको छ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्प प्रभावित जनतालाई छिट्टै सहयोग पुग्ने आश्वस्त पार्ने बताएका छन्।
उनी भन्छन्, ‘सडक भत्किएकाले आत्मरक्षा बललाई भूकम्प प्रभावित क्षेत्रमा पुग्न निकै चुनौती छ। भवनमा फसेका व्यक्तिहरूलाई जतिसक्दो चाँडो उद्धार गरि भवन भत्किनुअघि नै बाहिर निकाल्छौँ।’
यो ठूलो भूकम्पपछि पनि थप धक्का महसुस हुनसक्ने भौगर्भिकहरू बताउँछन्।
सोमबारको ७.६ म्याग्निच्युडको भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको थियो र मानिसहरूलाई तटीय क्षेत्रहरू खाली गर्न भनिएको थियो।
पुष १७, २०८० मंगलबार ०७:३७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।