कोशीका मुख्यमन्त्रीलाई भेटेर पहिचानवादीले भने- नाम नफेरिए अझ सशक्त आन्दोलन गर्छौं

काठमाडौं : पहिचानवादीले कोशी प्रदेशको पुनः नामाकरणको माग गर्दै मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन्।
पहिचानवादीले आज मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुनः नामकरण नभए संघर्षमा जाने चेतावनी दिए।
‘निषेधित क्षेत्र निर्धारण गरेर बन्दुकको घेराबन्दी भित्रबाट अलोकतान्त्रिक र तानाशाही शैलीमा जबर्जस्ती कोशी नाम घोषणा भएको स्मरण गराउँछौँ। जबर्जस्ती घोषित कोशी नाम विरूद्धको आन्दोलन कुनै पार्टी, जातिको विरोध होइन’ पत्रमा भनिएको छ।
शान्ति, समृद्धि, समाजवाद र नेपाली राष्ट्रियतालाई थप मजबुत बनाउन कोशी नाम खारेजीको आन्दोलन गरिएको प्रदेश नं १ पुनः नामकरण समितिले जनाएको छ।
‘कोशी नाम खारेजी आन्दोलन भएको १० महिना बितिसकेको छ। जिम्मेवार राजनीतिक दलहरू, मुख्यमन्त्री, सभामुख, प्रदेशसभा सदस्यहरू जनधनको क्षति नहोस् भनेर सचेत हुनुपर्ने हो,’ ध्यानाकर्षण पत्रमा लेखिएको छ।
संघर्ष समितिका संयोजक डगेन्द्र सिंह थेगिमले केही दलका नेताहरू उल्टो जनतालाई चिढ्याउन लागि परेको देखिएको र यो संकेत प्रदेशको लागि राम्रो नभएको बताए।
पुष १६, २०८० सोमबार १६:४०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।