नयाँ वर्षको शुभकामना दिँदै डेनमार्ककी रानीद्वारा राजगद्दी त्यागको घोषणा

नयाँ वर्षको शुभकामना दिँदै डेनमार्ककी रानीद्वारा राजगद्दी त्यागको घोषणा

एजेन्सी : डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको शुभकामना दिँदै सिंहासन त्याग गरेको घोषणा गरेकी छन्।

प्रत्यक्ष टिभी सम्बोधनमा मार्गरेट द्वितीयले औपचारिक रूपमा १४ जनवरीपछि आफ्नो पद छाड्ने बताएकी छन्। उनी ५२ वर्षदेखि डेनमार्ककी महारानी रहेकी थिइन्।

अब छोरा फ्रेडरिक सिंहासनमा बस्ने घोषणा समेत उनले गरेकी छन्। रानी अहिले ८३ वर्षकी भइन्।

सन् २०२३ मा भएको शल्यक्रियापछि आफू यो निर्णयमा पुगेको उनले बताएकी छन्।

‘शल्यक्रियापछि मैले भविष्यको बारेमा सोच्दै अर्को पुस्तालाई जिम्मेवारी सुम्पने निर्णयमा पुगेँ,’ उनले भनेकी छन्, ‘सायद यहि नै सही समय हो।’

बुवा फ्रेडरिक नवौंको देहावसानपछि मार्गरेट द्वितीयले १९७२ मा सिंहासनमा बसेकी थिइन्।

उनले देशको जनतालाई सहयोग गरेकोमा धन्यवाद दिइन्। डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले महारानीलाई उनको सेवाका लागि धन्यवाद दिएकी छन्।

पुष १६, २०८० सोमबार १३:५७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।