गभर्नर महाप्रसाद अधिकारी निलम्बनको मुद्दाको पेसी आज

गभर्नर महाप्रसाद अधिकारी निलम्बनको मुद्दाको पेसी आज

काठमाडौं : नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको मुद्दामा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

न्यायाधीशद्वय डा. कुमार चुँडाल र न्यायाधीश तीलप्रसाद श्रेष्ठको संयुक्त इजलाशमा यो पेसी तोकिएको हो।

२०७९ वैशाखमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा सरकारले अधिकारीलाई निलम्बन गरेको थियो। तर उनलाई सर्वोच्च अदालतले पुर्नवहाली गरेको हो।

सरकारले आफूमाथि गैरकानुनी तरिकाले निलम्बन गरेको भन्दै अधिकारीले २०७९ वैशाख ५ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

२०७९ वैशाख ६ मा न्यायाधीश हरि प्रसाद फुयालको इजलाशले अधिकारीलाई गभर्नरबाट निलम्बन गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

पुष १६, २०८० सोमबार १२:०५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।