निषेधित क्षेत्र तोड्न खोजेपछि बहालवाला मन्त्री र सांसदसहित ५३ जना नियन्त्रणमा

निषेधित क्षेत्र तोड्न खोजेपछि बहालवाला मन्त्री र सांसदसहित ५३ जना नियन्त्रणमा

काठमाडौं : निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी शाहसहित ५३ जनालाई नियन्त्रणमा लिएको छ।

राष्ट्रिय पोशाक दिवसको अवसरमा ‘धोती दिवस’ मनाउनका लागि भन्दै माइती घर मण्डला जाँदै गरेका उनीसहित ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले सांसद एवं जनमत पार्टीका अध्यक्ष सिके राउत, उपाध्यक्ष अब्दुल खान लगाष्तका नेताहरूलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेकाहरूलाई अहिले पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।

मंसिरको पहिलो साता जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलालाई दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो।

त्यसपछि त्यहाँ प्रदर्शन तथा भेलाको आयोजनामा रोक लगाइएको छ।

पुष १६, २०८० सोमबार १२:००:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।