राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै
फाइल तस्बिर

काठमाडौं : अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ।

‘नेपाली टोपी: नेपाली पहिचान’भन्ने मूल नाराको साथ सोमबार ११ औँ नेपाली टोपी दिवस मनाइन लागिएको हो।

नेपाली टोपी र पोशाकको प्रवर्द्धनका लागि जागरूक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ।

अभियानले आज बसन्तपुरमा औपचारिक कार्यक्रमको समेत आयोजना गरेको छ।

नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।

विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ। तर, विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन्।

यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्।

यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।

पुष १६, २०८० सोमबार ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।