आजको मौसम : तराईमा हुस्सु र कुहिरो, हिमालमा हल्का हिमपात

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, हिमालमा हल्का हिमपात

काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई-मधेशका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

चिसो बढेकाले सतर्कता अपनाउन समेत महाशाखाले सबैमा अनुरोध गरेको छ।

पुष १६, २०८० सोमबार ०७:३८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।