सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। 

आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पको महशुस काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंमा पनि गरिएको थियो।

यसअघि मंसिर १३ गते बझाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो।

पुष १६, २०८० सोमबार ०७:३२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।