क्रिकेट खेल्दै गर्दा हृदयघात, २२ वर्षीय युवकको मृत्यु

क्रिकेट खेल्दै गर्दा हृदयघात, २२ वर्षीय युवकको मृत्यु

एजेन्सी : भारतको मध्य प्रदेशको खरगोन जिल्लामा क्रिकेट खेल्ने क्रममा एक युवकको हृदयघात भएर मृत्यु भएको छ।

२२ वर्षीय युवा इन्दल सिंह जाधवलाई खेलमा बलिङ गर्दा कठिनाइ भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ।

युवकलाई मृत अवस्थामा अस्पताल ल्याइएको स्थानीय अस्पतालका डा विकास तलवाडेले बताए।

हृदयघातका कारण मृत्यु भएको युवकलाई पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको उनले बताए।

खेलका क्रममा इन्दलले छाती दुखेको बताएको र त्यसपछि रुखमुनि बसेको प्रत्यक्षदर्शीले बताएका छन्।

गाउँको टोलीको खेल सकिएपछि इन्दलले आफ्ना साथी खेलाडीहरूलाई नजिकको अस्पताल लैजान आग्रह गरे।

अस्पताल पुर्याएपछि चिकित्सकले इन्दललाई मृत घोषणा गरेका थिए।

पुष १५, २०८० आइतबार २१:१७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।