२ अर्बभन्दा बढी बक्यौता नतिरेपछि काटियो तीन उद्योगको लाइन काटियो

२ अर्बभन्दा बढी बक्यौता नतिरेपछि काटियो तीन उद्योगको लाइन काटियो

काठमाडौं : कोशी प्रदेशमा विद्युत उपयोग गरेबापत २ अर्ब रूपैयाँभन्दा बढी बक्यौता रकम नबुझाउँदा मोरङ, धनकुटा, र सुनसरीका तीन वटा ठूला उद्योगको विद्युत प्रसारण कटौती गरिएको छ।

विराटनगरस्थित नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख इन्जिनियर उमेश झाका अनुसार लामो समयदेखि विद्युत उपभोग र प्रिमियमसहितको महसुल नतिरेको अवस्थामा तीन वटा उद्योगको लाइन काटिएको हो।

मोरङको बाबा जुट मिल्स, धनकुटाको निगाले सिमेन्ट र सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सको विद्युत लाइन काटेको प्रमुख झाले जानकारी दिए।

निर्देशनालयका अनुसार हालसम्म बाबाले ५ करोड ६१ लाख, सुनसरीको रिलायन्स स्पिनिङले १ अर्ब ९४ करोड २६ लाख र धनकुटास्थित निगाले सिमेन्टले १४ करोड २० लाख रूपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेको छ।

प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाईन फिडर प्रयोग गरेपछि रकम नतिरेको जनाउँदै पहिलो चरणमा सुनसरीको रियलान्यसको विद्युत काटेको हो।

निर्देशनालयका प्रमुख झाका अनुसार उदयपुरस्थित उदयपुर सिमेन्टको विद्युत कटौतीबारे निर्णय हुन बाँकी रहेको जानकारी दिए। उदयपुर सिमेन्टले प्राधिकरणको ३८ करोड ७८ लाख रकम तिर्न बाँकी रहेको छ।

सुनसरीको अरिहन्त मल्टिफाइवर्स, अरिहन्त पोलिप्याक र मोरङको रघुपति जुटमिल्सले समेत ४५ करोड बढी रुपैयाँ प्राधिकरणलाई बक्यौता तिर्न बाँकी रहेको छ। यद्यपि, तीन वटै उद्योगले जिल्ला अदालत मोरङमा प्राधिकरण विरुद्ध मुद्दा दायर गरेका थिए।

सो क्रममा पुष ८ गते अदालतले स्टे अर्डर जारी गरेपछि हाल प्राधिकरणले तीन उद्योगको विद्युत सेवा कटौती गरेको छैन।

पुष १५, २०८० आइतबार १७:३८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।