समाजवादी प्रेस संगठनद्वारा राष्ट्रियसभा निर्वाचनमा १० पत्रकार उमेदवार सिफारिस, हेमकर्ण विश्वकर्मा देखि किशोर नेपाल सम्म

समाजवादी प्रेस संगठनद्वारा राष्ट्रियसभा निर्वाचनमा १० पत्रकार उमेदवार सिफारिस, हेमकर्ण विश्वकर्मा देखि किशोर नेपाल सम्म

काठमाडौं : एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन माग गरेको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाउँदै सत्ता गठबन्धनसँग यस्तो माग गरिएको संगठनले जनाएको छ।

पार्टी अध्यक्ष नेपाललाई बुझाएको पत्रमा केही पत्रकारको नाम सिफारिस गरिएको छ। शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, विश्वमणि सुवेदी, हेमकर्ण विश्वकर्मा, भीम रसाइली, जीवन बिसी, सितल साह लगायत पत्रकारको नाम सो सूचीमा समावेश छ।

राष्ट्रियसभाको रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।

पुष १५, २०८० आइतबार १५:३८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।