एमाले गण्डकी प्रदेश कमिटीको पार्टी कार्यालयका लागि १० करोडको भवन खरिद

एमाले गण्डकी प्रदेश कमिटीको पार्टी कार्यालयका लागि १० करोडको भवन खरिद
फाइल फोटो

काठमाडौं : एमाले गण्डकीले प्रदेश कमिटीले पार्टी कार्यालय प्रयोजनका लागि १० करोडमा घर खरिद गर्ने भएको छ।

प्रदेश कमिटीको बैठकबाट १० करोडमा घर खरिद गर्न १५ लाख बैना दिइसकेको सचिव धनन्जय दवाडीले जानकारी दिए।

‘प्रदेश कमिटीले यसअघि नै सदस्यहरूबाट लेबी उठाएर पार्टी कार्यालय बनाउने निर्णय गरेको थियो’, उनले भने, ‘अस्ति बसेको बैठकले १० करोडमा घर खरिद गर्ने निर्णय गरेको हो। पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, प्रदेश इन्चार्ज गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य खगराज अधिकारीलगायत नेताहरू भएर घर हेरेका थियौं। प्रदेश कमिटीले त्यसलाई अन्तिम रूप दिएको हो।’

सचिव दवाडीले पोखरा महानगरपालिका–८ सिर्जनाचोकभन्दा केही माथि घर खरिद गर्न लागेको बताए।

गण्डकीमा ६३ हजार ५४७ जना पार्टी सदस्य छन्। उनीहरूबाट पाँच–पाँचसय उठाउने निर्णय पनि यसअघि नै भइसकेको दवाडीले बताए। त्यसबाट ३ करोड १७ लाख ७३ हजार उठ्ने र बाँकी रकम सुभेच्छुकहरूसँग उठाएर पुर्याउने लक्ष्य रहेको उनले बताए।

यसअघि प्रदेश कमिटीको भवन २५ करोडमा बनाउने तयारी गरिएको थियो।

पुष १५, २०८० आइतबार १३:२१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।