बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएका सबै छुटे

बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएका सबै छुटे

काठमाडौं : बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छाडेको छ।

शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए।

इपिएस भाषा परीक्षाको विवादमा चर्किएको प्रदर्शनबाट प्रहरी नियन्त्रणमा लिएको ७३ जनालाई छाडिएको डिआइजी कडायतले जानकारी दिए।

शुक्रबार ग्वार्को-बालकुमारीमा इपिएस परीक्षाका लागि आवेदन दिन कार्यालयमा पुगेका र प्रहरीबीच झडप भएको थियो। प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोली चलाउदा दुई जनाको मृत्यु समेत भएको थियो। झडपअघि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत भएको थियो। उक्त घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको हो। 

घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको छ।मृतकको शव सरकारले नै उनीहरूको घरसम्म पुर्याइदिने निर्णय गरेको छ। शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गरेको छ। 

पुष १५, २०८० आइतबार १२:३९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।