ट्याक्टरको टायर पन्चर भएपछि दुर्घटना, टायरले नै किचेर चालकको मृत्यु

ट्याक्टरको टायर पन्चर भएपछि दुर्घटना, टायरले नै किचेर चालकको मृत्यु

काठमाडौं : चितवनमा अगाडिको इन्जिन मात्र रहेको ट्याक्टरको टायर पन्चर भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-११ नवजीवन टोलमा पदमपुरबाट भरतपुर जाँदै गरेको ना ४ त ६२१५ नम्बरको अगाडिको इन्जिन मात्र रहेको ट्याक्टरको टायर पन्चर भएको हो।

टायर पन्चर भएर अनियन्त्रित हुँदा चालक कालिका नगरपालिका ५ बस्ने २८ वर्षीय सुदिप महतोको खसेर मृत्यु भएको हो।

ट्याक्टरबाट खसेका उनलाई टायरले नै किचेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

घाइते उनलाई जिल्ला अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

पुष १५, २०८० आइतबार ११:४२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।