सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रूपैयाँ घटेको हो।

आज छापावाल सुन तोलाको एक लाख २० हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन तोलाको एक लाख २० हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १९ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने स्थिर छ।

चाँदी तोलामा एक हजार ४५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

पुष १५, २०८० आइतबार ११:२५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।