उच्च पहाडका थोरै स्थानमा हल्का हिमपातको सम्भावना

उच्च पहाडका थोरै स्थानमा हल्का हिमपातको सम्भावना
फाइल तस्बिर

काठमाडौं : पश्चिमी वायूको सामान्य प्रभावका कारण हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाक अनुसार तराईका स्थानहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात तथा तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरोको कारण हुनसक्ने चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ।

पुष १५, २०८० आइतबार ०७:२७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।