‘दिमाग खराब’ ‘हिट’ भएको दाबी गर्दै निश्चलले घोषणा गरे सिक्वेल

‘दिमाग खराब’ ‘हिट’ भएको दाबी गर्दै निश्चलले घोषणा गरे सिक्वेल

काठमाडौं : शनिबार फिल्म ‘दिमाग खराब’ले प्रदर्शनको ५१औं दिन मनायो।

न्यूरोडको रञ्जना सिनेप्लेक्समा निर्देशक निश्चल बस्नेत, कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का लगायत टिमले केक काटेर खुसियाली साटे।

कार्यक्रममा निर्माता रौनकविक्रम कँडेल र उनकी श्रीमती एवं अभिनेत्री सुपुष्पा भट्ट भने देखिएनन्।

कार्यक्रममा निर्देशक बस्नेतले फिल्म हिट भएको दाबी मात्र गरेनन्,  सिक्वेल बनाउने घोषणा समेत गरे, त्यो पनि प्रदर्शन मिति तोकेरै।

उनले फिल्म २०८३ सालको दशैंमा प्रदर्शन गर्ने बताए।

५१ दिनमा १० करोड ग्रस कलेक्सन गरेको भनिएको फिल्मबाट निर्माताले मुस्किलले ४ करोड हात पार्छन्।

दिमाग खराब ४ करोडकै लागतमा निर्माण गरिएको निर्माण टिमले यसअघि नै बताएको थियो।

४ करोडमा बनेको फिल्मका निर्माताले ४ करोड नै कमाउँदा कसरी हिट भयो, त्यो भने निश्चल नै जानुन्।

पुष १४, २०८० शनिबार २०:०४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।