सांसद तोसिमा कार्कीसहित रास्वपाका नेता-कार्यकर्ता सडकमा, गृहमन्त्रीको राजीनामा माग

सांसद तोसिमा कार्कीसहित रास्वपाका नेता-कार्यकर्ता सडकमा, गृहमन्त्रीको राजीनामा माग

काठमाडौं : प्रतिनिधिसभा सदस्य तोसिमा कार्कीसहितका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता गृहमन्त्रीको राजीनामा माग गर्दै सडमा उत्रिएका छन्।

बालकुमारी घटनाका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन्।

आज ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा मागेको हो।

रास्वपाकी नेत्री तोसिमा कार्कीले हरेक नागरिकको बाँच्न पाउने अधिकार हुँदाहुँदै पनि युवाले गरेको प्रदर्शनमा गोली चलाउनु दुःखद भएको बताइन्।

उनले दुई युवाको हत्या घटनाको रास्वापाले घोर भर्त्सना गरेको उल्लेख गरिन्। उक्त घटनामा गृह मन्त्रालयले छानबिन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरिन्।

प्रदर्शनमा सहभागीले ‘प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त! अझै कति?’, ‘नालायक सरकार राजीनामा दे,’ ‘मृतकलाई सहिद घोषणा गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

पुष १४, २०८० शनिबार १७:२६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।