युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो मिसाइल आक्रमण, ३० जनाको मृत्यु

एजेन्सी : रुसले गरेको अहिलेसम्मकै ठूलो मिसाइल बम आक्रमणमा युक्रेनमा कम्तीमा ३० जनाको मृत्यु छ।
रुसले शुक्रबार बिहानै युक्रेनको राजधानी किभ, ओडेसा, निप्रोपेट्रोभस्क, खार्कीभ र ल्भिभमा आक्रमण गरेको थियो।
यस आक्रमणमा १६० भन्दा बढी व्यक्ति घाइते भएको युक्रेनको वायुसेनाका प्रवक्ताले जनाएका छन्। उनले एकैपटक यति धेरै मिसाइल आक्रमण आफूले कहिल्यै नदेखेको बताएका छन्।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले आफ्नो हतियार भण्डारमा लगभग सबै प्रकारका हतियार प्रयोग गरेको बताएका छन्। उनका अनुसार रुसले घर र अस्पताललाई पनि निशाना बनाएको छ।
हालैका महिनाहरूमा कीभको वायु सुरक्षामा उल्लेखनीय सुधार भएको छ, तर, शुक्रबार सम्पूर्ण प्रणाली ध्वस्त भएको समाचारमा उल्लेख छ।
रुसले आक्रमणका लागि हाइपरसोनिक, क्रुज र ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरेकाले रोक्न गाह्रो भएको युक्रेनी वायुसेनाका प्रवक्ताले बताए।
वायुसेनाले १५८ क्षेप्यास्त्र र ड्रोनमध्ये ११४ वटा खसालिएको जनाएको छ। जहाँ-जहाँ मिसाइल आक्रमण भएको छ, त्यहाँ कालो धुवाँ निस्किएको थियो।
पुष १४, २०८० शनिबार १०:०२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।