प्रो क्लब च्याम्पियनसिपको उपाधिका लागि सन्दीपको पर्सा र आरिफको पुलिस भिड्दै
काठमाडौं : वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र पर्सा-११ भिड्दैछन्।
खेल वीरगञ्जस्थित नारायणी रंगशालामा दिउँसो १ बजे खेल शुरू हुनेछ। नेपाल पुलिस क्लब आरिफ शेखको कप्तानीमा रहँदा पर्सा सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रँदैछ।
शुक्रबार सम्पन्न सेमिफाइनलमा पर्सा-११ ले नेपाल आर्मी क्लबलाई तथा नेपाल पुलिस क्लबले भारतको वान्डर्स क्लब नोयडालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
यस्तै तेस्रो स्थानका लागि बिहान ९ बजे नेपाल आर्मी क्लब र भारतको वान्डर्स क्लब नोयडाबीच प्रतिस्पर्धा हुँदैछ।
पर्सा क्रिकेट संघ र जोहरा इन्टरनेसनलको आयोजनामा गत पुस ५ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपालका चार र भारतका दुई क्ल्ब सहभागी छन्।
बलात्कार मुद्दामा दोषी ठहर भएसँगै सन्दीपले आजको खेल खेल्छन् वा खेल्दैनन् भन्नेबारे अन्योलता छाएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सजाय भने २५ गते तोकिनेछ।
पुष १४, २०८० शनिबार ०८:१७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।