कोशीमा मध्यावधिको सम्भावना छैन, चाँडै दलहरूको सहमतिमा सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री कार्की

कोशीमा मध्यावधिको सम्भावना छैन, चाँडै दलहरूको सहमतिमा सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री कार्की

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताएका छन्।

हेटौँडामा आज पत्रकार सम्मलेनमा मुख्यमन्त्री कार्कीले चाँडै नै प्रदेशमा रहेका दलहरूको सहमतिमा कोशी प्रदेश सरकारले पूर्णता पाउने बताए।

कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको काम अघि बढ्ने उनले बताए।

केही समयअघि जारी भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा दलले दिएको समर्थनले प्रदेशमा क्रियाशील सबै दलको सहमतिमा पुष्टि गरेको उनको भनाइ छ।

सङ्घीयता कार्यान्वयनको सवालमा कोशी प्रदेश सरकारले अगुवाइ गर्ने उनले बताए।

सङ्घीय सरकार र प्रतिनिधिसभालाई दबाब दिएर प्रदेश सरकारले संविधानले व्यवस्था गरेको अधिकार खोसेर लिनुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए। यसका लागि हेटौँडामा छलफल भइरहेको र छलफलले सङ्घीय सरकार र संसद्लाई दबाबमूलक सन्देश प्रवाह हुने उनको भनाइ छ।

पुष १३, २०८० शुक्रबार १८:२०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।