गभर्नर अधिकारी विरुद्धको रिटमा कारण देखाउ आदेश

गभर्नर अधिकारी विरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो।

रिट निवेदकमध्येका अधिवक्ता दीपकराज जोशीका अनुसार अहिलेसम्म आदेश आइ नसकेकाले अर्को सुनुवाइको मिति थाहा भइसकेको छैन।

राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्च नैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेमा व्यवस्था छ।

राष्ट्र बैंक ऐन अनुसार स्नातकोत्तर(मास्टर्स) गरेको व्यक्ति मात्रै केन्द्रीय बैँकको गभर्नर हुने व्यवस्था रहेको छ। तर अधिकारीको हकमा भने उनी त्रिभुवन विश्वविद्यालयबाट उपाधि प्राप्त व्यक्ति हुन्।

रिट निवेदकले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकिर गर्दै नियुक्ति बदरको माग गरेका छन्।

पुष १३, २०८० शुक्रबार १८:०६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।