इपिएसको फारम भर्न कसैलाई नरोक्न अदालतको आदेश

इपिएसको फारम भर्न कसैलाई नरोक्न अदालतको आदेश

काठमाडौँ : कोरिया भाषा परीक्षाको आवेदन फारम भर्न कसैलाई रोक नलगाउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।

शुक्रवार अदालतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको हो।

पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले सुविधा सन्तुलनको दृष्टिले निवेदकहरुलाई आवेदन फारम भर्नबाट वञ्चित गराउनु मनासिब नहुने आदेश गरेको छ।
आदेशमा मुद्दाको अन्तिम सुनुवाइ हुँदाका बखत निवेदकको माग सम्बोधन हुने तर अहिले निवेदकहरूलाई अपूरणीय क्षति हुनसक्ने उल्लेख छ।

कोरियन जहाज कम्पनीको कामदार र उत्पादकमूलक कामदार छनौट गर्ने प्रयोजनको लागि सञ्चालन हुने कोरियन भाषा परीक्षाको लागि आवेदन फारम दिन यी निवेदकहरूलाई कुनै प्रतिबन्ध लगाएको नदेखिएको र सोही बमोजिमको भाषा परीक्षाको लागि मिति २०८० साउन १९ मा विपक्षी इपीएस कार्यालयबाट प्रकाशित सूचनाको बुँदा नम्बर ५ (च) मा आवेदकको योग्यतामा सन् २०२३ भित्र EPS-TOPIK परीक्षाका लागि आवेदन नदिएको हुनुपर्ने भनी राखिएको सर्तले निवेदकहरूको रोजगार तथा श्रमको हक एवं संविधान तथा अन्तर्राष्ट्रिय कानुनले प्रत्याभूत गरेको मौलिक हकमा आघात पुर्याएको भन्दै उल्लेख गर्दै उच्च अदालतमा रिट परेको थियो।

पुष १३, २०८० शुक्रबार १७:०९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।