बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं : बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन्।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि झडप भएको थियो। झडपले ठूलो रूप लिएपछि प्रहरीले अश्रुग्यास हानेको थियो।

त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन्।

गृह मन्त्रालयको विज्ञप्ति :

१३ पुस, २०८०, १६:२५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।