बालकुमारी झडपमा घाइते अर्का युवकको पनि मृत्यु

बालकुमारी झडपमा घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं : कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ।

पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताए।

प्रदर्शनकाे क्रममा गम्भीर घाइते भएका शाहलाई पाटन अस्पताल लगिएकाे थियाे। 

यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो।

राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन। किस्ट अस्पतालले छातीमा दाग देखिएको बताएको थियो।

पुष १३, २०८० शुक्रबार १६:१०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।