ईपीएस परीक्षाको विषयमा आन्दोलनरत युवाहरूले मन्त्री ज्वालाको गाडी जलाइदिएपछि…

ईपीएस परीक्षाको विषयमा आन्दोलनरत युवाहरूले मन्त्री ज्वालाको गाडी जलाइदिएपछि…

काठमाडौं : रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले मन्त्रीको गाडी जलाएका छन्।

आज ललितपुरको बालकुमारी-सातदोबाटो सडकमा प्रदर्शनमा उत्रिएका युवाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन्।

अहिले त्यस क्षेत्रमा प्रदर्शनकारी युवाहरूले सडक अवरुद्ध गरेका छन्। आगजनी भइरहेको समयमा उपस्थिति नदेखिएको प्रहरी अहिले त्यतातर्फ गइरहेको छ।

ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन्। सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए।

अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो। तर शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका हुन्।

पुष १३, २०८० शुक्रबार १३:१८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।