चितवनमा इलेक्ट्रिक भ्यानको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक फरार हुँदा साहु सम्पर्कमा

चितवनमा इलेक्ट्रिक भ्यानको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक फरार हुँदा साहु सम्पर्कमा

काठमाडौं : चितवनको भरतपुरमा इलेक्ट्रिक भ्यानको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-१२ मिलनचोकमा बा.प्र. ०३-००१ज ४५८ नम्बरको ईलेक्ट्रिक भ्यानले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो।

मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका-१ सिमपानी घर भई हाल भरतपुर महानगरपालिका-११ घोल बजार बस्ने ६१ वर्षीय गणेश थापा मगर रहेका छन्।

भ्यानको ठक्करबाट गभ्मीर घाइले भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल चितवनमा राति साढे ११ बजे मृत्यु भएको हो।

चितवन प्रहरीले भ्यान नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको जनाएको छ। भ्यान साहु भने प्रहरीको सम्पर्कमा छन्।

पुष १३, २०८० शुक्रबार ११:०४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।