अंग्रेजी नयाँ वर्षको अवसरमा सिट्रोनको कार किन्दा दुई लाखसम्म छुट

अंग्रेजी नयाँ वर्षको अवसरमा सिट्रोनको कार किन्दा दुई लाखसम्म छुट

काठमाडौं : नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ अफर ल्याएको छ।

अफर अन्तर्गत ग्राहकले सिट्रोनका दुई मोडलहरू सिट्रोन सि ३ (पेट्रोल भर्जन) र सिट्रोन इ सि३ (विद्युतिय भर्जन) मा नगद छुट लगायत अन्य फाइदाहरू पाउन सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकहरुले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्जन सिट्रोन सि३ मा दुई लाख र विद्युतिय भर्जन सिट्रोन इ सि३ मा एक लाख सम्मको लाभ पाउन सक्नेछन्।

नयाँ वर्षको विशेष उपहारको रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षको लागि निःशुल्क बीमा र निःशुल्क कार वास पाउन सक्नेछन्।

यसबाहेक ग्राहकहरूले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।

यस न्यु इयर बोनान्जा सिट्रोनका नेपालभर रहेका सम्पूर्ण आधिकारिक डिलरहरु मार्फत उपलब्ध हुनेछ। 

पुष १३, २०८० शुक्रबार ०९:३६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।