जाजरकोटमा चिसोका कारण भूकम्पपीडित सुत्केरीको मृत्यु

जाजरकोटमा चिसोका कारण भूकम्पपीडित सुत्केरीको मृत्यु

काठमाडौं : जाजरकोटमा चिसोका कारण भूकम्पपीडित सुत्केरीको मृत्यु भएको छ।

कुसे गाउँपालिका-९, चौराठाकी २४ वर्षीय सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो गाउँपालिकाका उपाध्यक्ष देविका शाहीले जानकारी दिइन्।

उनका अनुसार त्रिपालमा बस्दै आएकी कल्पना केही दिनदेखि चिसोले सुन्निएकी थिइन्। बिरामी परेपछि उपचारमा बेवास्ता हुँदा मृत्यु भएको शाहीले बताइन्।

मंसिर १७ गते सुत्केरी भएकी कल्पना भूकम्पपछि परिवारसहित त्रिपालमा बस्दै आएका थिइन्।

कल्पनाका श्रीमान् गोपे सुनारले चिसोले मुख र जिउ सुन्निएको भन्दै ठिक भइहाल्ला भनेर गाउँघरकै सामान्य औषधि गरेको बताए।

यसअघि चिसोकै कारण जाजरकोटमा तीन बालबालिकासहित २९ र रुकुमपश्चिममा पाँच गरी ३४ जनाको ज्यान गइसकेको छ।

पुष १३, २०८० शुक्रबार ०८:२५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।