कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्दैछ।
बैठक बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेलका अनुसार बैठकमा सरकारको एक वर्ष अवधिको समीक्षा, पार्टीको अभियान र जाजरकोट भूकम्पको सन्दर्भमा छलफल भइरहेको छ।
बिहीबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री गगनकुमार थापाले पार्टीको ‘समुदायमा कांग्रेस’ अभियानको कार्ययोजनाका बारेमा जानकारी गराएका थिए।
यस्तै अर्का सह-महामन्त्री जीवन परियारले जाजरकोट भूकम्पका सम्बन्धमा पार्टी र बैठकलाई जानकारी गराएका थिए।
बिहीबार केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह र सीतादेवी देवकोटाले धारणा राखेका थिए।
आफ्नो धारणा राख्ने क्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेको कामको ब्रिफिङसमेत गरेका थिए।
पुष १३, २०८० शुक्रबार ०६:५८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।