मौसम : आज सामान्य, भोलि र पर्सी वर्षा र हिमपातको सम्भावना

मौसम : आज सामान्य, भोलि र पर्सी वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको तराई भू-भागमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार शनिबार र आइतबार वर्षा र हिमपातको सम्भावना देखिएको छ।

चिसो बढ्दै गएकाले सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

पुष १३, २०८० शुक्रबार ०६:४८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।