पोखरामाथि दश खेलाडीमा सीमित ललितपुरको शानदार जित, उपाधिका लागि धनगढीसँग भिड्ने

पोखरामाथि दश खेलाडीमा सीमित ललितपुरको शानदार जित, उपाधिका लागि धनगढीसँग भिड्ने

काठमाडौं : अतिरिक्त समयमा पुगेको खेलमा पोखरा थन्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा पुगेको छ।

दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा १० खेलाडीमा सीमित भएको ललितपुरले पोखरालाई पराजित गर्दै धनगढी एफसीसँगको भेट पक्का गरेको हो।

धनगढी एफसी पहिलो क्वालिफायरमा पोखरालाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो। 

बिहीबार खेलको ३३औं मिनेटमा निखिल कदम दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि ललितपुर १० खेलाडीमा झरेको थियो। यद्यपि उसले सुरुवाती अग्रता बनायो।

खेलको ४५औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए।तर त्यो अग्रता २५ मिनेटभन्दा बढी टिक्न सकेन।

७१औं मिनेटमा पोखराका स्टेफेन पापा कोजो एनोरले टिमका लागि बराबरी गोल गरे। त्यसपछि दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेनन्।

निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा धकेलिलएको खेलको ९९औं मिनेटमा ललितपुरका कुशल देउवाले निर्णायक गोल गर्दै फाइनलमा पुर्याए।

अब ललितपुर र धनगढीबीचको फाइनल खेल शनिबार साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ।

एनएसएल विजेताले ७० लाख रुपैयाँ नगद र उपविजेताले २० लाख रुपैयाँ पाउनेछ।

पुष १२, २०८० बिहीबार २०:३७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।