इजरायली आक्रमणबाट गाजामा पछिल्लो २४ घण्टामा २१० जनाको मृत्यु

इजरायली आक्रमणबाट गाजामा पछिल्लो २४ घण्टामा २१० जनाको मृत्यु

एजेन्सी : इजरायली आक्रमणबाट गाजामा पछिल्लो २४ घण्टामा २१० प्यालेस्टाइनीको मृत्यु भएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहान गाजाको उत्तरमा बेट लाहिया, दक्षिणमा खान युनिस र केन्द्रमा रहेको माघाजी शरणार्थी शिविरमा इजरायली बमबारी भएको छ।

हमाससँग सम्बद्ध सफा न्युज एजेन्सीले मघाजीको एउटा घरमा बमबारी हुँदा धेरै मानिसको मृत्यु भएको जनाएको छ। बेत लहियाका चार घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

खान युनिसको अल-अमल अस्पताल वरपर भएको बम विष्फोटका कारण धेरैले ज्यान गुमाएका छन्।

हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार गाजा पट्टीमा युद्ध सुरु भएयता २१ हजार ३२० प्यालेस्टाइनी मारिएका छन् भने ५५ हजार ६०३ जना घाइते भएका छन्।

पुष १२, २०८० बिहीबार २०:००:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।