सेनामा भर्ति हुन अस्वीकार गर्ने १८ वर्षीय इजरायली युवालाई जेल सजाय

सेनामा भर्ति हुन अस्वीकार गर्ने १८ वर्षीय इजरायली युवालाई जेल सजाय

एजेन्सी : सेनामा भर्ति हुन अस्वीकार गर्ने १८ वर्षीय इजरायली युवालाई ३० दिनको सैन्य जेल सजाय तोकिएको छ।

इजरायली मिडिया रिपोर्टका अनुसार टाल मिटनिक नामक युवकलाई तेल अवीवमा राखिनेछ।

उनले सैन्य भर्ति केन्द्रमा गएर आफू सेनामा भर्ति हुन नचाहेको बताएका थिए।

उनले इजरायल-हमास युद्ध र कब्जाका कारण सेनामा भर्ति हुन नचाहेको बताएका छन्। गाजा युद्ध सुरू भएयता सेनामा भर्ति हुन नचाहने उनी पहिलो व्यक्ति हुन्।

यदि उसले सैन्य सेवाको बारेमा विरोध जारी राखे उनको हिरासत बसाइ लम्बिन सक्ने इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

पुष १२, २०८० बिहीबार १९:२४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।