प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारी घटाउने निर्णय

प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारी घटाउने निर्णय

काठमाडौं : सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय भएको जानकारी दिइन्।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचना सहितको संगठन तथा सर्वेक्षण (ओएनम) स्वीकृत गर्ने भन्ने निर्णय भएको छ। यस अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने भन्ने छ’,  उनले भनिन्।

उनले प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती भएको बताइन्।

प्रधानमन्त्री कार्यालयमा हाल २ सय ३४ जना कर्मचारी छन्।

प्रधानमन्त्रीले एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाट सुरू गर्ने भनेको र सोही अनुसार आजको निर्णय भएको उनले बताइन्।

पुष १२, २०८० बिहीबार १७:२१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।