कन्दरा साङ्गीतिक ब्यान्डले गर्ने कन्सर्टको टिकेटिङ पार्टनर ‘आइएमई पे’ मात्र

कन्दरा साङ्गीतिक  ब्यान्डले गर्ने कन्सर्टको टिकेटिङ पार्टनर ‘आइएमई पे’ मात्र

काठमाडौं : कन्दरा साङ्गीतिक ब्यान्डले नेपालका विभिन्न ८ स्थानमा गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रूपमा 'आइएमई पे' रहने भएको छ।

ब्यान्डले यही पौष २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरू गर्दै छ।

आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश – आन्तरिक पर्यटनको प्रवर्द्धन’ सन्देश लिई ब्यान्डले गर्न गइरहेको कन्सर्टमा ‘हङ्गकङ्ग पोखरा, तगारोमा रुमाल, लेककी हे माया, तिमी पारी, डाँडापारी’ लगायतका गीतहरूको प्रस्तुति रहनेछ।

अन्तिम कार्यक्रम काठमाडौंमा समापन गरिने कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनी – एल्फा स्क्वायरले जनाएको छ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालय, उद्योग, पर्यटन, बन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा-प्रतिष्ठान, लायन्स क्लब अफ पोखरा – सामीप्य लगायतका संघसंस्थाले प्रवर्द्धन गरिरहेका छन् भने सो कन्सर्टको एकमात्र एक्सक्लुसिव टिकेटिङ पार्टनर रूपमा आइएमई पे आबद्ध भएको छ।

आइएमई पेले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट विक्री गर्ने जनाएको छ।

पुष १२, २०८० बिहीबार १६:०७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।