जाजरकोट भूकम्प पीडितका लागि तरूण दलले गर्यो ७२ अस्थायी टहरा निर्माण

जाजरकोट भूकम्प पीडितका लागि तरूण दलले गर्यो ७२ अस्थायी टहरा निर्माण

काठमाडौं : नेपाल तरूण दलले जाजरकोटस्थित भूकम्प प्रभावितहरूका लागि ७२ वटा अस्थायी टहराको निमार्ण सम्पन्न गरेको छ।

जाजरकोटको भेरी नगरपालिका १, ३ र ४ को रिम्ना, पिपे, राउत गाउँ र खलंगामा ७२ वटा अस्थायी आवास निर्माण गरी दलको ५० जनाको समूह फर्किएको तरूण दलले जनाएको छ।

पुनर्निर्माण अभियान अन्तर्गत नेपाल तरूण दलले अभियानको ९ दिन ७२ वटा अस्थायी आवास पूर्ण रूपले निर्माण गरेको हो।

अध्यक्ष विद्वान गुरुङ नेतृत्वको टोलीले टीनसहितको अस्थायी टहरा बनाएको हो। भूकम्प प्रभावितका समस्याबारे जानकारी पनि लिएको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने दलका केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले बताए।

पुष १२, २०८० बिहीबार १४:२६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।