सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आजदेखि, प्रदेश सरकारको अधिकार माग्ने एजेन्डा

सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आजदेखि, प्रदेश सरकारको अधिकार माग्ने एजेन्डा

काठमाडौं : सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक आजदेखि हेटौंडामा सुरू हुँदैछ।

आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा प्रहरी समायोजन, प्रदेश सरकारको अधिकार लगायतका विषयमा छलफल हुने बताइएको छ।

५ बजेबाट बैठक सुरू हुनेछ।

यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन   गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन  गरिसक्न माग गरेका थिए। ६ महिना बितिसक्दा पनि सङ्घीय सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू फेरि बैठक बस्न लागेका हुन्।

सरकारका एकल र साझा अधिकारको कार्य विस्तृतीकरण सम्बन्धमा सरकार समक्ष सुझाव पेस गर्ने उद्देश्यले मुख्यमन्त्रीहरूको बैठक हुन लागेको हो।

बैठकमा सात वटै प्रदेशका प्रमुख सचिवहरू, मुख्य महान्यायाधिवक्ताहरू, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका प्रतिनिधि लगायत सरोकारवालाहरूको सहभागिता रहनेछ।

पुष १२, २०८० बिहीबार १३:०८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।