आक्रमण नरोके लेबनानी सीमाबाट हिजबुल्लाह हटाउने कारबाही थाल्ने इजरायलको चेतावनी

आक्रमण नरोके लेबनानी सीमाबाट हिजबुल्लाह हटाउने कारबाही थाल्ने इजरायलको चेतावनी

एजेन्सी : इजरायलले लेबनानको सिया मुस्लिम सैन्य समूह हिजबुल्लाहलाई आफूमाथिको आक्रमण जारी राखे लेबनानको सीमाबाट हटाउनका कारबाही थाल्ने चेतावनी दिएको छ।

इजरायली मन्त्री बेनी गैन्ट्जले लेबनानी सरकारले हिजबुल्लाहलाई उत्तरी इजरायलमा बमबारी नरोके इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले हस्तक्षेप गर्ने बताएका हुन्।

उनले कुटनीतिक समाधानको समय सकिँदै गएको भन्दै हिजबुल्लाहलाई रोक्न लेबनानमाथि दबाव बढाएका हुन्।

हमासले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि लेबनानको सीमबाट पनि इजरायलमाथि आक्रमण बढिरहेको छ।

हिजबुल्लाहले इजरायललाई चिढाइरहँदा गाजाको पूरै क्षेत्रमा व्यापक आक्रमण हुनसक्ने खतरासमेत निम्तिएको छ।

‘इजरायलको उत्तरी सीमाको परिस्थितिले परिवर्तनको माग गरिरहेको छ’, ती मन्त्रीले बुधबार राति भएको एक पत्रकार सम्मेलनमा भने।

लेबनानको सरकारी मिडियाका अनुसार इजरायली हवाई आक्रमणमा एक हिजबुल्लाह युवक र उनका दुई आफन्त मारिएका थिए।

आक्रमण इजरायलको सीमाभन्दा लगभग दुई किलोमिटर टाढा बिन्ट जेबिल शहरको एक घरमा भएको थियो।

पुष १२, २०८० बिहीबार १३:००:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।