मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै
फाइल फोटो

काठमाडौं : मन्त्रिपरिषद्को बैठक बस्दै छ।

आज दिउँसो तीन बजे बस्ने बैठकमा केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरूवा गर्न सक्ने जनाइएको छ।

आजको बैठक नियमित भएको र मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय हुने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

आज बस्ने बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक वर्षपछिको पहिलो बैठक हो। प्रधानमन्त्री प्रचण्डले पुस १० गतेबाट नयाँ ढंगले अघि बढ्ने बताउँदै आएका छन्।

१२ पुस, २०८०, १२:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।