हिमालय एअरलाइन्सद्वारा काठमाडौं-ल्हासा-काठमाडौं उडान सेवा सुरू

हिमालय एअरलाइन्सद्वारा काठमाडौं-ल्हासा-काठमाडौं उडान सेवा सुरू

काठमाडौं : नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले काठमाडौं-ल्हासा-काठमाडौं उडान सेवा सुरु गरेको छ।

नयाँ काठमाडौं-ल्हासा-काठमाडौं रुटले यात्रुहरूलाई काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवं रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने कम्पनीको विश्वास छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ८ः४० बजे प्रस्थान गरेको पहिलो उडान एच९ ७७७४ ल्हासाको गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार बिहानकोे १२ः०० बजे अवतरण गर्नेछ।

यस उडानको अवधि १ घण्टा २० मिनेटको रहनेछ। पहिलो उडानमा कूल यात्रु संख्या १३६ रहेको थियो। जनवरी १, २०२४ देखि एअरलाइन्स्ले हरेक सोमबार यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ।

यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो पाँचौँ सिधा उडान सेवा हुनेछ।  एअरलाइन्सले यसअघि नै बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ।

उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, चिनियाँ दूतावासका उपप्रमुख वाङ जिन र अन्य विशिष्ट व्यक्तिहरूलाई हिमालय एअरलाइन्सका अध्यक्ष झोउ एनयोङ उपस्थित थिए।

पुष १२, २०८० बिहीबार ११:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।