नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार पछिल्लो समय पार्टीभित्र पेचिलो बन्दै गइरहेको विषय राष्ट्रियसभा चुनावबारे आजको बैठकमा छलफल हुनेछ।

साथै, बैठकमा पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षासँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

बैठकमा राष्ट्रिय मेलमिलाप दिवस मनाउने विषय पनि एजेण्डामा राखिएको छ। तीन दिनसम्म चल्ने बैठकमा महासमिति बैठकको तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरू हुनेछ।

पुष १२, २०८० बिहीबार ११:५५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।