प्रिमियर लिगमा सिटी ३-१ ले विजयी, ब्रेडफोर्डमाथि उल्भ्स ४-१ ले हाबी
एजेन्सी : म्यानचेस्टर सिटीले प्रिमियर लिगमा बुधबार एभर्टनमाथि ३-१ को पुनरागमन जित निकालेको छ।
गुडिसन पार्कमा फिल फोडेन, जुलियन अल्वारेज र बेर्नार्डो सिल्भाको गोलमा जित हासिल गरेपछि सिटी लिग अंक तालिकाको शीर्ष चारभित्र परेको छ।
एक खेल कम खेलेको सिटीको शीर्ष स्थानको लिभरपुलको भन्दा ५ अंक कम छ।
सिटी पहिलो हाफमा १-० ले पछाडि परेको सिटी दोस्रो हाफमा तीन गोल फर्काएको हो।
२९ औं मिनेटमा ज्याक ह्यारिसले सिटीविरुद्ध गोल गर्दै एभर्टनलाई अग्रता दिलाए थिए।
५३ औं मिनेटमा फोडेनको गोलबाट सिटी खेल फर्केको थियो। त्यसको ११ मिनेटपछि प्राप्त पेनाल्टीलाई अल्वारेजले गोल गर्दै सिटीको गोल अन्तरलाई दोब्बर बनाएका थिए।
खेल सकिन ४ मिनेट बाँकी रहँदा सिल्भाले गोल गरेपछि सिटीको जित सहज बनेको थियो।
जितपछि सिटीको ३७ अंक पुगेको छ। १६ अंक सहित एभर्टनको १७ अंक छ।
हिजै भएको खेलमा म्यान्चेस्टर युनाइटेड एस्टन भिल्लालाई ३-२ गोलले पराजित गर्दा क्रिस्टल प्यालेस चेल्सीसँग २-१ ले स्तबन्ध बन्यो। उल्भ्स ब्रेडफोर्डमाथि ४-१ गोलले हाबी भयो।
पुष १२, २०८० बिहीबार ११:२३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।