रसुवामा सुख्खा पहिरोले पुरिएर एक जनाको मृत्यु

रसुवामा सुख्खा पहिरोले पुरिएर एक जनाको मृत्यु
सांकेतिक तस्बिर

काठमाडौं : रसुवामा सुख्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।

कालिका गाउँपालिका-५ ज्याङलाङको भित्री कच्ची सडक खण्डमा सुख्खा पहिरो खस्दा सिन्धुलीको कमलामाई नगरपालिका-१२ हाइडाँडाका २० वर्षीय आरूष थिङको मृत्यु भएको हो।

गाह्रो लगाउने क्रममा माथिबाट खसेको पहिरोले पुरिएका उनको उपचारको लागि ग्रामीण अस्पताल जिबजिबे लगिएको थियो।

उपचारको क्रममा थिङको साढे ३ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यायलय हेटौंडाले जनाएको छ।

पुष १२, २०८० बिहीबार १०:०६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।