भतेरी जंगलमा मध्यराति मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

भतेरी जंगलमा मध्यराति मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-२९ स्थित भतेरी जंगलमा मोटरसाइकलले ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

बुधबार राति साढे २ बजे लु८प २५६८ नम्बरको मोटरसाइकलले पैदल यात्री नवलपरासी सुनौल-८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबार घाइते भएका उनको उपचारको क्रममा एलाइभ अस्पताल भरतपुरमा उपचारको क्रममा बिहान ३ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

पुष १२, २०८० बिहीबार ०९:५६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।